You are viewing the translated version of अध्यक्षको पारिश्रमिक, सेवाको शर्त तथा काम, कर्तव्य र अधिकार.
Section 18
अध्यक्षको पारिश्रमिक, सेवाको शर्त तथा काम, कर्तव्य र अधिकार
(१) अध्यक्ष बोर्डको कार्यकारी प्रमुख हुनेछ।
(२) अध्यक्षको पदावधि चार वर्षको हुनेछ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजको काम सन्तोषजनक नदेखिएमा वा बोर्डको हित विपरीत हुने कुनै काम गरेमा वा खराब आचरण भएमा वा कार्यसम्पादन नगरी निष्क्रिय भएमा पदावधि पूरा नहुँदै नेपाल सरकारले कारण खुलाई जुनसुकै बखत पदमुक्त गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिम अध्यक्षलाई पदमुक्त गर्नुअघि सफाई पेश गर्ने मनासिब माफिकको मौका दिनु पर्नेछ ।
(५) अध्यक्षको पारिश्रमिक तथा अन्य सुविधा नेपाल सरकारले तोके बमोजिम हुनेछ।
(६) यस ऐनमा अन्यत्र लेखिएको काम, कर्तव्य र अधिकारका अतिरिक्त अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) बोर्डको दैनिक प्रशासनिक कार्य गर्ने,
(ख) बोर्डको बैठकको कार्यसूची तयार गर्ने,
(ग) बोर्डको बैठकको निर्णयहरु कार्यान्वयन गर्ने, गराउने,
(घ) बोर्डको नीति कार्यक्रमहरुको मस्यौदा तयार गर्ने,
(ङ) बोर्डको बजेट खर्च गर्ने, खर्चको लेखा राख्ने र लेखापरीक्षण गराउने,
(च) बोर्डको कर्मचारी प्रशासनको कार्य गर्ने,
(छ) बोर्डको वार्षिक बजेट तथा कार्यक्रम पेश गर्ने,
(ज) बोर्डले अधिकार प्रत्यायोजन गरेका अन्य कार्य गर्न ।